ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

नेपालभ्युज

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले होटेल आइकावा इनमा १५ प्रतिशत छुट पाउने भएका छन् । शुक्रबार एक सम्झौता गर्दै बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गरिने जनाएको हो ।

उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इन प्रा.लि.का अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved