सदनमा स्वास्थ्यमन्त्री नदेखेपछि अमरेशकुमार रोस्टममै बसे मौन, मन्त्री आएपछि बल्ल बोले

नेपालभ्युज

सदनमा स्वास्थ्यमन्त्री नदेखेपछि अमरेशकुमार रोस्टममै बसे मौन, मन्त्री आएपछि बल्ल बोले

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा सदनमा स्वास्थ्यमन्त्रीलाई नदेखेपछि खोजी गरेका छन् ।

मंगलबार संसद्‌मा स्वास्थ्यमन्त्री प्रदीप यादवलाई नदेखेपछि अमरेशले रोष्टममा उभिएर ‘स्वास्थ्यमन्त्री चाहिने र नभए उभिइरहने’ बताए ।

प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेस गर्न संसद्को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्यमन्त्रीलाई नदेखेपछि केही समय रोस्टममा उभिएरै छलफल रोक्न सभामुखसँग माग गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले एक छिन रोस्टममै रोकिन सिंहलाई आग्रह गरे ।

‘माननीयजी एक छिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानु भएको हुनसक्छ । यही कतै हुनुहुन्छ । उहाँ नआउन्जेल माननीयजीहरू एक छिन धैर्यतासाथ रहनुहोला,’ सभामुख घिमिरेले भने ।

४० सेकेन्ड बढी अमरेश रोष्टममा नै मौन बसेका थिए । स्वास्थ्यमन्त्री प्रदीप यादव संसद् बैठकमा प्रवेश गरे । लगतै सभामुखले भने, ‘मन्त्रीजी आउनुभयो, माननीयज्यू अगाडि बढ्नुहोस् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved