कुवेती दिनारको मूल्य हालसम्मकै उच्च 

नेपालभ्युज

कुवेती दिनारको मूल्य हालसम्मकै उच्च 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज कुवेती दिनारको मूल्य बढेर रेकर्ड तोडेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेका छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved