चीनमा अमेरिकीमाथि छुरा प्रहार, ह्वाइट हाउसले गर्‍यो चिन्ता व्यक्त

नेपालभ्युज

चीनमा अमेरिकीमाथि छुरा प्रहार, ह्वाइट हाउसले गर्‍यो चिन्ता व्यक्त

एजेन्सी । उत्तरपूर्वी चीनमा हालै चार जना अमेरिकी कलेजका शिक्षकमाथि छुरा प्रहार गरिएको घटनाले अमेरिकालाई ‘गम्भीररूपमा चिन्तित’ बनाएको ह्वाइट हाउसले जनाएको छ ।

“चीनको जिलिन सिटीमा अमेरिकी नागरिकमाथि भएको छुरा प्रहारबाट हामी निकै चिन्तित छौँ”, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीटरमा लेखेका छन्, “हाम्रो टोली यी अमेरिकी नागरिक, उनीहरूका आपन्तजन र हाम्रा चिनियाँ समकक्षीहरूसँग सम्पर्कमा रही पीडितहरूको आवश्यकता पूरा भएको सुनिश्चित गर्न उचित कानून प्रवर्तन कदमहरू चालिएका छन् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved