अमेरिका पठाइदिने भन्दै १५ करोड ठग्ने गिरोहका चारजना नाइके पक्राउ, फेसबुकमा विज्ञापन गरेर असुल्थे पैसा

नेपालभ्युज

अमेरिका पठाइदिने भन्दै १५ करोड ठग्ने गिरोहका चारजना नाइके पक्राउ, फेसबुकमा विज्ञापन गरेर असुल्थे पैसा

काठमाडौं । अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन उनीहरूलाई सार्वजनिक गरेको हो ।

तीनसय जनाभन्दा बढी मानिसहरूसँग अमेरिका, कम्बोडिया, न्यजिल्याण्ड, फ्रान्सलगायतका देशहरूमा पठाई दिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट, कास्की जिल्ला माछापुच्छ्रे« गाउँपालिकाका २२ वर्षे नवीन विक र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्त छन् ।

अमेरिका पठाउने ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्का पनि पक्राउ परेका छन् ।

उनले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३ सय जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न भएर उनीहरूले विगत ३÷४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पाइएको छ ।

उनीहरूले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरूले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको हो ।

पक्राउ पर्नेहरूले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरूलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको छ ।

प्रहरीमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएसँगै अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । उनले पक्राउ पर्नेहरूले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved