अर्घाखाँचीमा टिपर दुर्घटना, १ जनाको मृत्यु

नेपालभ्युज

अर्घाखाँचीमा टिपर दुर्घटना, १ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ७ देउरालीमा टिप्पर दुर्घटना भएको छ ।

गएराति भएको दुर्घटनामा परी टिपर चालक २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीकी सूचना अधिकारी ईश्वरी अधिकारीले जानकारी दिइन् ।

ना ८ ख ६६४४ नम्बरको टिप्पर दुर्घटनामा टिपर -धनी ३३ वर्षीय रिषभ केसी र २९ वर्षीय सहचालक नवीन घिमिरे गम्भीर घाइते भएका छन् ।

उनीहरूको गुल्मी जिल्ला अस्पताल, तम्घासमा उपचारत भइरहेको छ । टिपर अनियन्त्रित भइ सडकभन्दा ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved