काठमाडौं । कोशी प्रदेश सरकार गठनको विवाद सम्बन्धी रिट हेर्न नमिल्नेमा परेको छ । सुनुवाइका लागि सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको रिटमा आइतबार एकजना न्यायधिशबारे प्रश्न उठेपछि हेर्न नमिल्नेमा परेको हो ।
तीन जना न्यायाधीशको पूर्ण इजलासबाट विवादको छिनोफानो हुने भनिए पनि हेर्न नमिल्नेमा परेको हो ।
कोशी प्रदेशमाथि परेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा पेशी परेको थियो ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथि सुनुवाइको तयारी थियो ।
तर, न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेकाले आइतबारको सुनुवाई स्थगित भएको हो ।
Facebook Comment
Comment