पाउण्ड बलियो हुँदा डलर सस्तियो 

नेपालभ्युज

पाउण्ड बलियो हुँदा डलर सस्तियो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज डलरको मूल्य केही सस्तिएको छ भने पाउण्डको मूल्य केही बढेको छ ।

आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ०८ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved