एजेन्सी । ‘एक बार देख लिजिए, दिवाना बनादिजिए’ यो पंक्ति अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । जो संजय लीला भन्सालीको वेब सिरिज ‘हिरामन्डी’ मा अभिनेत्री शरमिनले बोलेको पंक्ति हो ।
उनले आलमजेबको चरित्र अभिनय राम्रो नगरेको भनेर धेरैले उनलाई ट्रोलिंग गरेका छन् । साथमा शरमिन संजयकी भान्सी समेत हुन् जसले गर्दा उनलाई अझै धेरै ट्रोलिंग गरिएको छ ।
अहिले अभिनेत्री फरीदा जलालले भने शरमिनको बचाव गरेकी छन् । उनले भनेकी छन्, ‘शरमिनसँग जुन प्रकारले व्यवहार गरिएको छ त्यो उनलाई मन परिरहेको छैन । शरमिनले आफ्नो भूमिकाले मागे अनुसारले राम्रो काम गरेकी छन् ।’
फरीदा जलालले एक अन्तर्वार्तामा भनिन्, ‘मानिसहरू अलिकति दयालु हुनुपर्छ । शरमिनले आफ्नो क्षमताको हिसाबले राम्रो काम गरेकी छन् । मलाई लाग्दैन उनको भूमिका एकदमै भव्य र चर्को हुनुपर्ने आवश्यकता छ । यो उनको भूमिका थिएन । तपाईंलाई उनको चरित्रबाट के चाहिएको थियो ?’
फरीदाले शरमिनले कलाकारको मागअनुसार नै आफूले अभिनय गरेको बताइन् । त्यो भूमिका शरमिनको नभएर आलमजेबको भएको उनले बताइन् ।
‘हीरामन्डी’ मा फरीदा, लामो समयपछि कुनै चर्चित कार्यक्रमको हिस्सा बनेर देखिएकी छन् । भन्सालीको बेव सीरिजमा उनले कुदसिया बेगमको भूमिका निभाएकी छन् ।
Facebook Comment
Comment