लोकदोहोरी विवाद

छाडा लोकदोहोरी गाउनेमाथि प्रतिष्ठानको एक्सन, नाम चलेका कलाकारलाई छुट दिएको भन्दै नवोदित कलाकारको आक्रोश

उनले संस्थाका महासचिव शिव हमाल, पूर्णकला बिसी, बद्री पङ्गेनीलगायतलाई समेत कारबाही गरेर देखाउन उनले चुनौती दिएकी छन् । 

नेपालभ्युज

छाडा लोकदोहोरी गाउनेमाथि प्रतिष्ठानको एक्सन, नाम चलेका कलाकारलाई छुट दिएको भन्दै नवोदित कलाकारको आक्रोश

काठमाडौं । छाडा लोकदोहोरी गीत गाएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले एक दर्जन सदस्यलाई स्पष्टीकरण सोधेपछि संस्थामा नै भाँडभैलो मच्चिएको  छ । स्पष्टीकरण सोधिएका सदस्यहरूले बखेडा झिकेर उल्टै चुनौती दिएपछि विवाद बढेको हो ।

प्रतिष्ठानको स्पष्टीकरण पत्र पाएकामध्ये केही कलाकारले प्रतिष्ठानलाई कार्यसमितिकै सदस्यले विकृति भित्र्याउन सिकाएको आरोप लगाएपछि हिलो छ्यापाछ्याप भएको हो । उनीहरूले पहिले संस्थाका कार्यसमितिका व्यक्तिलाई कारबाही गरेर देखाउन चुनौती समेत दिएका छन् ।

अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्‍याउने गायन प्रस्तुति दिएको भन्दै प्रतिष्ठानले बिहीबार पुन दर्जन बढी कलाकारलाई स्पष्टीकरण सोधेपछि विवाद बढेको हो ।

प्रतिष्ठानले पछिल्लो समय शर्मिला रायमाझी, नवीना सिलवाल ‘खुइली’, रिया खड्का, शङ्कर सुनार, नवराज काप्री ‘धादिङे भाले’, सुशीला लामा, तारा थापा, सागर बिसी, सीताराम परियार, सलिना नेपाल, विशाल सोनी र गोपाल नेपाल ‘जीएम’ लाई स्पष्टीकरण सोधेको ।

अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘‘कथित लोकदोहोरी गीतको नाममा प्रकाशित श्रव्य दृश्यले समाज, संस्कृति र समग्र लोक सङ्गीत क्षेत्रलाई पारेको नकारात्मक प्रभावप्रति सचेत गराउँदै उक्त श्रव्य दृश्य युट्युब लगायत सामाजिक सञ्जालबाट हटाई आगामी दिनमा त्यस प्रकारका गतिविधि नगर्न नगराउन सचेत गराउँछौँ ।’’

पत्रमा नेपाली मौलिक लोक तथा दोहोरी गीतको सम्मान गर्दै आगामी दिनमा त्यस प्रकारका कार्य नगर्ने नगराउने लिखित प्रतिबद्धता ७ दिन भित्र प्रतिष्ठानको केन्द्रीय कार्यालयमा दाखिला गर्न पनि अनुरोध गरिएको छ ।

‘लाइभ दोहोरी’मा बढेको फोहोरी : द्विअर्थी शब्द र उटपट्याङ शीर्षक

पत्रको बेवास्ता गरिएमा थप कारबाही प्रक्रियाका लागि प्रतिष्ठान बाध्य हुने चेतावनी समेत दिइएको छ ।

स्पष्टीकरण परेकी कलाकार रिया खड्काले संस्थाकै पदाधिकारीले छाडा गीत गाएको भन्दै कारबाही गरेर देखाउन चुनौती दिइन् । उनले फेसबुकमा भनेकी छन् ‘‘यो स्वागतयोग्य काम गर्नुभन्दा पहिला अध्यक्ष रिता थापाज्यूलाई ध्यानाकर्षण गराउन र कारबाही गर्न माग गर्न चाहन्छौँ । पहिला तपाईँको संस्थाकै उपाध्यक्ष खुमन अधिकारलाई कारबाही गर्नुस् । किनकि ‘हानहान दोहोरीमा र्‍याप‘  भनेर गीत गाएर हामीलाई सिकाएको तपाईँ कै संस्थाका कलाकारले हो ।’’

उनले संस्थाका महासचिव शिव हमाल, पूर्णकला बिसी, बद्री पङ्गेनीलगायतलाई समेत कारबाही गरेर देखाउन उनले चुनौती दिएकी छन् । प्रतिष्ठानकी अध्यक्ष थापाले भने छाडा गीत गाउनेहरूलाई कारबाही गराइछाड्ने बताएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved