के अमिताभ बच्चनकी नातिनी पनि आउँदैछिन् बलिउडमा ?

नेपालभ्युज

के अमिताभ बच्चनकी नातिनी पनि आउँदैछिन् बलिउडमा ?

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा फिल्ममा सक्रिय छैनन् । तर, उनी सामाजिक मिडियामा भने छाइरहन्छिन् । नव्याले आफ्नो पोडकास्ट ‘ह्वाट द हेल नव्या’ बाट दर्शकमाझ विशेष पहिचान बनाएकी छन् ।

यी सबैका बीच नव्याको बलिउडमा डेब्यूको खबर पनि आइरहन्छ । कैयौं समाचारमा नव्याले आफ्ना भाई अगस्त्या नन्दाले जसरी फिल्ममा कदम राख्दैछन् भन्ने खबर आएका छन् । तर, यी सबै समाचारहरुको खण्डन गर्दै आमा श्वेताले यी खबरहरुको खन्डन गर्दै साँचो कुरा बताएकी छन् ।

श्वेता बच्चनले छोरी नव्याको स्थानमा टायो पोडमास्टर्स सेरेमनीमा पोडकास्ट अफ द ईयर फिमेलको अवार्ड लिइन् ।

कार्यक्रममा उनले छोरीको भविष्यका योजनाहरुको बारेमा खुलेर कुरा गरेकी छन् । उनले भनिन्, ‘नव्याले फिल्ममा कदम राख्न चाहन्नन् किनकी बलिउड उनका लागि सही स्थान होइन ।’

छोरीको स्थानमा अवार्ड लिँदै उनले श्वेताले पोडकास्टको माध्यमबाट मानिससँग जोडिने एकदमै राम्रो माध्यम हो समेत भनिन् । पोडकास्टलाई जहाँ जतिबेला पनि सुन्न सक्ने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved