तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बने नरेन्द्र मोदी

नेपालभ्युज

तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बने नरेन्द्र मोदी

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त भएका छन्  ।

एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता चुनिएका मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा भाजपाको नेतृत्वमा रहेको सत्तारुढ एनडीए गठबन्धनले बहुमत ल्याएको छ ।

उनले आइतबार साँझ ६ बजे शपथ लिने बताइएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved