बाल मन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको महिना दिनपछि एकजना पक्राउ

बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेको हो । अहिलेसम्म कोही पनि पक्राउ नपरेको भन्दै सीआईबीमाथि दबाब बढ्न थालेपछि सीआईबीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

नेपालभ्युज

बाल मन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको महिना दिनपछि एकजना पक्राउ

काठमाडौं । नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा बल्ल एक जना पक्राउ परेका छन् । २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि बल्ल एकजना पक्राउ परेका हुन् ।

बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेको हो । अहिलेसम्म कोही पनि पक्राउ नपरेको भन्दै सीआईबीमाथि दबाब बढ्न थालेपछि सीआईबीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा अपचलन भएको छ । २८ रोपनी जग्गा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको छ ।

यो प्रकरणमा पक्राउ पुर्जी जारी हुने नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रीता सिंह वैद्य कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी हुन् ।

पक्राउ पुर्जी जारी हुने अन्यमा बाल सङ्गठनका तत्कालीन उपाध्यक्षहरू तुलसीनारायण श्रेष्ठ, योगेन्द्रबहादुर शाही, तत्कालीन महासचिवहरू गणेशदत्त श्रेष्ठ सुवासकुमार पोखरेल, श्यामकुमार आले, प्रचण्डराज प्रधान, रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, सङ्गठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णबहादुर साह, सङ्गठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ छन् ।

त्यसैगरी वृहस्पति विद्या सदनका तर्फबाट तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, विद्या सदनका तत्कालीन सञ्चालक प्रवीणराज जोशी, ऋद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कृतिप्रसाद पाण्डे र मुरारी निधि तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, अरू पक्राउ परेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved