यो समीकरण भत्कियो भने राम्रो हुँदैन : ओली

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, ‘ यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । नराम्रै हुन्छ । त्यसकारण यस समीकरण भत्किँदैन, भत्किन दिइँदैन ।’

नेपालभ्युज

यो समीकरण भत्कियो भने राम्रो हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन भत्कियो भने राम्रो नहुने बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, ‘ यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । नराम्रै हुन्छ । त्यसकारण यस समीकरण भत्किँदैन, भत्किन दिइँदैन ।’

उनले अहिलेको समीकरण सुरुमा बन्नै नदिने, पछि विश्वासको मत लिनै नदिने र त्यसपछि पनि ढाल्ने खेती चलिरहेको बताए । थपे, ‘तर, यो ढल्नका निम्ति बनेकै होइन ।’

ओलीले सरकार फेरिए पनि नीति नफेरिनुपर्ने र राष्ट्रिय दृष्टिकोणका साथ अगाडि बढ्नु उचित हुने बताए । तर नेपालमा त्यस्तो चलन नभएको उनको भनाइ छ ।

‘राजनीतिक दलहरूमा त्यस्तो परिपक्वता प्रायः देखिँदैन । त्यसले अस्थिरता निम्त्याउँछ । सरकारको अस्थिरता मात्रै होइन । नीतिगत अस्थिरता, कार्यक्रमिक अस्थिरता, योजनाहरूमा अस्थिरता देखिन्छन्’, उनले भने ।

उनले प्रतिशोध, अनुदार, गैरजिम्मेवार र असहिष्णुताले राजनीतिलाई अझ बढी विकृत बनाउँदै लैजाने बताए । यस कुरामा सजग हुनुपर्ने उनको सुझाव छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved