पाँच हजार बच्चामा छानिएकी थिइन् बजरंगी भाईजानकी मुन्नी

नेपालभ्युज

पाँच हजार बच्चामा छानिएकी थिइन् बजरंगी भाईजानकी मुन्नी

एजेन्सी । फिल्म बजरंगी भाईजान की मुन्नी अहिले १६ वर्षकी भइसकेकी छन् । हर्षाली मल्होत्राले सानो उमेरमै क्यामरासँग खेल्न शुरु गरेकी थिइन् ।

हर्षाली जब २१ महिनाकी मात्र थिइन् त्यतिबेला उनले टिभीमा पहिलो विज्ञापनमा अभिनय गरेकी थिइन् । पाँच हजार बच्चाहरुका बीच बजरंगी भाईजानकी ‘मुन्नी’का लागि हर्षाली छानिएकी थिइन् । फिल्ममा पाकिस्तानबाट आएकी मुन्नी बोल्न सक्दिनथिन् ।

हिलो भेटघाटमा उनले भाईजानलाई प्रश्न सोधेर अचम्ममा पारेकी थिइन् । हर्षालीले भनेकी थिइन् के तपाईंले मलाई सुपरस्टार बनाइदिनुहुन्छ ? यति सानो उमेरमा उनको कुरा सुनेर सलमान खान पनि अचम्ममा परेका थिए ।

हर्षाली सामाजिक सञ्जालमा पनि एकदमै सक्रीय छन् । इन्स्टाग्राममा उनले विभिन्न भिडियो तथा तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved