दुई साता अघि मात्रै निर्वाचित एमाले सुनसरीका अध्यक्ष खनालको भारतमा निधन

नेपालभ्युज

दुई साता अघि मात्रै निर्वाचित एमाले सुनसरीका अध्यक्ष खनालको भारतमा निधन

काठमाडौं । केही दिनअघि मात्रै जिल्ला अध्यक्षमा निर्वाचित नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ ।

लामो समयदेखि प्याक्रियाजको उपचार गराइरहेका खनालको भारतको हैदराबाद लैजाने क्रममा निधन भएको हो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिबेशनबाट यही जेठको पहिलो साता अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचित भएसँगै बिरामीले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते भारत लगिएको थियो । खनाल यसअघि एमाले सुनसरीको उपाध्यक्ष थिए ।

बराहक्षेत्र नगरपालिकाका पूर्व मेयर समेत रहेका खनाललाई नियमित उपचारका लागि हैदरावाद लैजाने क्रममा तेलङ्गना राज्यको कागज नगर पुग्दा निधन भएको परिवारले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved