अपांगता भएकालाई सहयोगी उपलब्ध गराउन तत्काल बजेटको व्यवस्था गर्नुपर्छ : सांसद भट्टराई

नेपालभ्युज

अपांगता भएकालाई सहयोगी उपलब्ध गराउन तत्काल बजेटको व्यवस्था गर्नुपर्छ : सांसद भट्टराई

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पूर्ण अशक्त अपांगता भएका व्यक्ति सहयोगी उपलब्ध गराउने संवैधानिक व्यवस्था तत्काल कार्यान्वयन हुने गरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले पूर्ण अशक्त अपांगता भएका व्यक्तिलाई सहयोगी दिने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सरोकारवाला पक्षसँग सरकारले सम्झौता गरिसकेकाले त्यसको कार्यान्वयन गरी उनीहरुको संवैधानिक अधिकारको रक्षा गर्न सरकारले ढिलाई गर्न नहुने पनि बताइन् ।

सांसद भट्टराईले सोही मागलाई लिएर ३७ दिनदेखि काठमाडौंमा आमरणमा बसेका दीपक भण्डारीको स्वास्थ्य अवस्था कमजोर भईसक्दा पनि सरकारले सो सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved