४४२ सिटको मत परिणाम आउँदा भाजपाले जित्यो २०९ सिट, कांग्रेसको ८०

नेपालभ्युज

४४२ सिटको मत परिणाम आउँदा भाजपाले जित्यो २०९ सिट, कांग्रेसको ८०

काठमाडौं । भारतमा भएको लोकसभा निर्वाचन–२०२४ को मतपरिणाम जारी छ ।

नेपाली समयअनुसार मंगलबार राति १०:२५ बजेसम्म ४३४ सिटको मत परिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटका लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो ।

भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २०९ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ८० सिट जित हात पारेको छ ।

यसैगरी समाजवादी पार्टीले ३३, अल इन्डिया तृणमुल कांग्रेस २२ र जनता दल (युनाइटेड) ले १२ सिटमा जित निकालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved