जितपछि मोदीको पहिलो प्रतिक्रिया- नयाँ ऊर्जा, उमंग र संकल्पका साथ अघि बढ्छु

नेपालभ्युज

जितपछि मोदीको पहिलो प्रतिक्रिया- नयाँ ऊर्जा, उमंग र संकल्पका साथ अघि बढ्छु

काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा वनारसबाट उम्मेदवार भएर विजयी भएका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत् उनले जनताले लगातार तेस्रो पटक आफ्नो विश्वास व्यक्त गरेको उल्लेख गरेका छन् । ‘भारतको इतिहासमा यो एउटा अभूतपूर्व क्षण हो’, उनले लेखेका छन् ।

उनले नयाँ ऊर्जा, उमंग र संकल्पको साथ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘म देशबासीलाई विश्वास दिलाउन चाहन्छु, तपाईंहरूको आकांक्षा पूरा गर्नका लागि म नयाँ ऊर्जा, नयाँ उमंग र नयाँ संकल्पका साथ अघि बढ्छु’, उनले लेखेका छन् ।

जारी मतगणनामा भारतीय जनता पार्टीले १४० सिट जितिसकेको छ । ऊ १०० स्थानमा अघि छ । जारी मतगणनाको रुझान हेर्दा भाजपा नेतृत्वको गठबन्धन ‘एनडीए’ले २९० हाराहारीमा सिट जित्ने देखिन्छ ।

भारतमा सरकार गठनका लागि २७२ सिट भए पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved