काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेको छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा उपाध्यक्षसमेत रहेका सांसद विक्रम पाण्डेले दलहरूबीच मिलेर राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव गरे ।
गणतन्त्ररूपी गाडीको तेल सकिसकेको अभिव्यक्ति दिँदै पाण्डेले त्यो गाडी गन्तव्यमा पुग्न नसक्ने अवस्थामा रहेको बताए । “राष्ट्रिय सहमतिका साथ आफूले गरेका गल्तीहरू स्वीकारेर तुरुन्तै राष्ट्रिय सरकार बनाउनुपर्छ । यदि त्यसो नभए गणतन्त्ररूपी गाडीको तेल सकिसक्यो । गन्तव्यमा पुग्न सकिँदैन । यति हुँदा पनि हामी किन नयाँ सोचका साथ अगाडि बढ्दैनौँ । म सम्पूर्ण नेताहरूलाई आग्रह गर्दछु,” उनले भने ।
उनले बजेटमा ‘माछोमाछो-भ्यागुतो’ मात्रै रहेको टिप्पणी गरे । “यो देशले राजस्व १० खर्ब मात्रै उठाउँछ । यो अवस्थामा बजेट भाषणमा जे परे पनि नपरेपनि हुने कुराहरू केही छैन । माछोमाछो-भ्यागुतो मात्रै छ,” उनले भने ।
Facebook Comment
Comment