६० किलो सुन तस्करी प्रकरण : यी हुन् एक महिनादेखि सीआईबीको हिरासतमा रहेका १० जना

नेपालभ्युज

६० किलो सुन तस्करी प्रकरण : यी हुन् एक महिनादेखि सीआईबीको हिरासतमा रहेका १० जना

काठमाडौँ । सीआईबीले हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा १० जनालाई   हिरासतमा  राखेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–११ घर भएका ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भारत घर भएर ललितपुर बस्ने २२ वर्षीय प्रशान्त गणेश बजवलकर, भारत महाराष्ट्र घर भएर न्यूरोड बस्ने सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’ र भारत घर भएर न्यूरोड बस्ने धिरज निदेश बैटे ‘दिनेश’ छन् ।

यस्तै  धादिङको सिद्धलेक गाउँपालिका घर भएका प्रेमनाथ सेडाईं, भक्तपुर सुर्यविनायक घर भएका राजु खत्री, काभ्रे तेमाल–४ का ४५ वर्षीय कान्छा लामा, तिब्बत घर भएर बौद्ध बस्ने गंगा टासी र उदयपुरको त्रियुगा घर भएकी उषा खत्री निरौला रहेका छन् ।

उनीहरुलाई लाई करिब १ महिनादेखि थुनामा राखेर अनुसन्धान गरिरहेको  सीआईबीका एक अधिकृतले बताए । उनका अनुसार  सुन तस्करी जाँचबुझ आयोगको सिफारिसको आधारमा सीआईबीले यसबारेमा  दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।
 यो पनि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved