गृहमन्त्रीको निर्देशन : विपद्‌मा नागरिकको ज्यान जोगाउन नियम र कार्यविधि देखाएर काम नरोक्नू

नेपालभ्युज

गृहमन्त्रीको निर्देशन : विपद्‌मा नागरिकको ज्यान जोगाउन नियम र कार्यविधि देखाएर काम नरोक्नू

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्को समयमा नीतिगत कुराहरूलाई देखाएर काम नरोक्न निर्देशन दिएका छन् ।

सोमवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३औं बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीतिगत कुराहरूमा समस्या देखाउँदै विपद् व्यवस्थापन सम्बन्धी काम नरोक्न सरोकारवाला निकायलई निर्देशन दिएका हुन् ।

उनले नीतिगत समस्या भएमा आफूलाई जेठ महिनाको अन्त्यसम्ममा जानकारी गराउन आग्रह गरे ।

विपद् व्यवस्थापनको सम्बन्धमा देखापर्ने नीतिगत समस्याहरूलाई छिटोभन्दा छिटो समाधान गर्न आफू तयार रहेको उनको भनाइ छ ।

मन्त्री लामिछानेले विपद्को बेलामा नागरिकको ज्यान जोगाउने कुरा महत्वपूर्ण हुने भन्दै नीति, नियम र कार्यविधिहरूले स्रोत, साधनलाई परिचालन गर्न रोक्नु नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved