त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ, यस्तो छ कारण

नेपालभ्युज

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ, यस्तो छ कारण

काठमाडौं । आगामी कार्तिकदेखि ५ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिने भएको छ ।

निर्माण गर्नु पर्ने भएकाले आगामी कात्तिकदेखि चैतसम्म विमानस्थल दिनहुँ १० घण्टा बन्द गरिन लागेको हो । कार्तिकबाट राती १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्यन प्राधिकरण स्रोतले जनाएको छ ।

कात्तिक २३ गतेदेखि चैत १८ सम्म विमानस्थलमा निर्माण कार्य गर्न लागिएको स्रोतको भनाइ छ ।

विमानस्थलको क्षमता र सुरक्षा मापदण्डलाई सुधार गरिनुका साथै नयाँ ट्याक्सीवेको सुदृढीकरण गर्ने प्राधिकरणको योजना छ ।

विमानस्थलको मास्टर प्लानअनुसार हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्ड सुधार गर्न लागिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका बेला अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने प्राधिकरणको योजना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved