विश्वकप फुटबल छनोट : यूएईविरुद्ध प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा

नेपालभ्युज

विश्वकप फुटबल छनोट : यूएईविरुद्ध प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा

काठमाडौं। विश्वकप फुटबल छनोटको दोस्रो चरणमा यूएईविरुद्ध प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार २३ सदसीय राष्ट्रिय टोली घोषणा गरेको हो। नेपालका लागि सबैभन्दा बढि गोल गर्ने फुटबलर बन्न केवल एक गोलले पछाडि रहेका फरर्वाड अन्जन विष्टको नाम भने सुचिमा राखिएका छैन।

इन्ज्यूरीका कारण अन्जनले सो खेल गुमाउने भएका हुन्। दशरथ रंगशालामा भएको लाओसविरुद्धको खेलमा गोल गर्दै अञ्जनले हरि खड्का र निराजन रायमाझीले गरेको १३ गोलको कीर्तिमानकीर्तिमान बराबर गरेका थिए।

जुन ६ मा हुने नेपाल र यूएईबीचको खेल खेल साउदी अरबमा हुनेछ। खेल दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ।

एसियाली फुटबल महासंघले दशरथ रंगशालाको मैदानको अवस्था,  फ्लडलाइट र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै खेललाई न्युट्रल भेन्युमा सारेको थियो।

नेपाली टोलीः

अबिषेक बराल, अभिषेक लिम्बु, अनन्त तामाङ, भरत खवास, विमल पाण्डे, विशाल बस्नेत, विशाल सुनार, क्षिरिङ लामा, जिलेस्पी जंग कार्की,हिसुब थपलिया, किरण कुमार लिम्बु, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डांगी, सुमित श्रेष्ठ, रोहित चन्द, सनिश श्रेष्ठ, सन्ञ्जीव विष्ट, सौभाग्य राई, आयुष घलान, वसन्त जिम्बा, आशिक बाबु चौधरी, आशिष राई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved