धनगढी उड्न लागेको श्री एअरको जहाजलाई पार्किङमा फिर्ता ल्याइयो

नेपालभ्युज

धनगढी उड्न लागेको श्री एअरको जहाजलाई पार्किङमा फिर्ता ल्याइयो
फाइल तस्वीर

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजको उडानमा रोक लगाइएको छ । धावनमार्ग पुगिसकेको जहाजलाई पुनः पार्किङमा फर्काइएको हो ।

त्रिभुवन विमानस्थलका अनुसार एसएचए २२१ उडान नम्बरको जहाज धावनमार्गबाट उड्न रोक लगाउदै फर्काइएको छ ।

जहाजभित्र इन्धनको गन्ध आएपछि प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ । उडान तालिका अनुसार सो जहाज काठमाडौंबाट बिहान साढे ८ बजे उड्नुपर्ने थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved