रियल मड्रिडले जित्यो १५ औं पटक च्याम्पियन्स लिगको उपाधि

नेपालभ्युज

रियल मड्रिडले जित्यो १५ औं पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । स्पेनिस टोली रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

लन्डनको वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमण्डलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलका लागि ड्यानी कार्भाहालले खेलको ७४ औं र भिनिसियस जुनियरले ८३ औं मिनेटमा गोल गरेका थिए । रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो ।

रियाल मड्रिड सन् २०२२ पछि च्याम्पियन्स लिगको च्याम्पियन बनेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved