पश्चिम तराईमा भोलिसम्म तातो हावा चल्ने

नेपालभ्युज

पश्चिम तराईमा भोलिसम्म तातो हावा चल्ने

काठमाडौं । पश्चिम तराईमा डेढ सातादेखिको तातो हावाको लहर भोलिसम्म रहने छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म तातो हावा र तातो हावाको लहर चल्ने बताएको हो ।

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। बिहीबार मात्र टीकापुरमा ४५.२ डिग्रीसेल्सियस मापन भएको थियो।

पश्चिममा तराईसँगै उपत्यका क्षेत्रमा पनि तापक्रम उच्च छ। शुक्रबार पनि नेपालगन्जमा ४३, धनगढीमा ४२.५, दिपायलमा ४१.२, सुर्खेतमा ४०.४, घोराहीमा ३८.६ र भैरहवामा ३६.८ डिग्री सेल्सियस मापन भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved