आमाको फिल्म किन हेर्दैनन् काजोलका छोरा ?

नेपालभ्युज

आमाको फिल्म किन हेर्दैनन् काजोलका छोरा ?

एजेन्सी । अभिनेत्री काजोलले सन् १९९२ मा बलिउडको अभिनयको दुनियाँमा कदम राखेकी थिइन् । ३० वर्षको फिल्म करिअरमा उनले धेरै हिट तथा सुपरहिट फिल्म दिएकी छन् ।

आज पनि उनी फिल्ममा उस्तै उत्साहका साथ काम गर्न तयार छिन् । देशविदेशमा उनका धेरै नै प्रसशंकहरू छन्, जसले उनको अभिनयलाई एकदमै मन पराउँछन् ।तर, उनै हिट काजोलका छोरा युगले भने आमाका फिल्म हेर्न मन पराउँदैनन् ।

बीबीसीलाई दिएको अन्तरवार्तामा अभिनेत्रीले यस कुराको खुलासा गरेकी थिइन् । अभिनेत्रीका अनुसार उनी फिल्ममा एकदमै धेरै रून्छिन्, जो उनका छोरालाई राम्रो लाग्दैन । उनी फिल्ममा रूने कारणले गर्दा छोरा युगले उनको फिल्म नहेर्ने बताइन् ।

युग चाहन्छन् कि उनकी आमा पनि बुवा अजय देवगनले जसरी एक्सन फिल्महरू गरून् । जसलाई उनी हेर्न रूचाउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved