पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपालभ्युज

पेट्रोल र डिजेलको मूल्य घट्यो
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल,  डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।  निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार  इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएकाले नेपालमा पनि मूल्य घटाइएको  हो ।

सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ‘हरित कर’ लागू गरेपछि निगमले यसपटकदेखि एक रुपैयाँका दरले ‘हरित कर’ समेत लागू गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved