चौथो ‘रारा ट्रेल रन’को उपाधि राज्य र अक्कललाई

चौथो ‘रारा ट्रेल रन’को उपाधि राज्य र अक्कललाई

काठमाडौं । नेपाली सेनाले मुलुकको ठूलो ताल रारामा सञ्चालन गरेको चौथो रारा ट्रेल रन (दौड) प्रतियोगिताको उपाधि राज्यलक्ष्मी र अक्कलले जितेका छन् ।

बर्सेनि नेपाली सेनाले आयोजना गर्दै आएको दौड प्रतियोगिताको चौथो संस्करणअन्तर्गत भएको खेलमा ताल वरिपरि धावकलाई प्रतिस्पर्धी गराइएको थियो । यस वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हमुमान ध्वज गुल्म रारा रहेको छ ।

शुक्रबार बिहान सञ्चालन भएको दौडमा महिला र पुरूष गरी एक सय ९४ जना खेलाडीले सहभागिता जनाएका थिए ।

सहभागी पुरूष एक सय ६९ मध्य छायाँनाथ रारा नगरपालिका–१४ वाम गाउँका अक्कल बढुवाल (१७) ले निर्धारित १६ किमी दूरी एक घण्टा दुई मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम भएका छन् ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का शेरबहादुर बुढाले एक घण्टा दुई मिनेट ११ सेकेण्डमा पार गर्दै द्धितीय र कनकासुन्दरी–२ का चन्द्र रावतले एक घण्टा दुई मिनेट २१ सेकेण्डमा पार गर्दै तृतीय स्थान प्राप्त गरेका हुन् ।

महिला सहभागी ३५ जनामध्ये गोठीचौर गाउँपालिका–३ गज्याङकोटकी राज्यलक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दूरी एक घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गर्दै प्रथम, पातारासी गाउँपालिका–२ जुम्ला पेडा गाउँकी कल्पना बुढाले एक घण्टा १४ मिनेट ५२ सेकेण्डमा दोस्रो र जुम्लाकी समिता बुढाले एक घण्टा १६ मिनेट ३१ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हात पारेका छन् ।

प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरूषतर्फका विजेता खेलाडीलाई जनही क्रमशः रू ५० हजार, रू ४० हजार, रू ३० हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ ।

विजेतालाई प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायाँनाथ रारा नगरपालिकाका कावाप्रमुख पदमराज मल्ललगायतले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

दौड प्रतियोगितामा ज्येष्ठ खेलाडी ५१ वर्षीय राजाराम बुढाका साथै कान्छा खेलाडी १५ वर्षीय दीपेन्द्र रावल प्रतियोगीका रूपमा सहभागी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved