यूरो र पाउण्डको मूल्य घट्दा डलर स्थिर 

नेपालभ्युज

यूरो र पाउण्डको मूल्य घट्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने यूरो र पाउण्डको मूल्य घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९३ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved