दैनिक भुटेको चना खाँदा हुन्छ यस्तो फाइदा

नेपालभ्युज

दैनिक भुटेको चना खाँदा हुन्छ यस्तो फाइदा

एजेन्सी । दैनिक भुटेको चना खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । भुटेको चनामा पाइने पोषक तत्वले विभिन्न रोगसँग लड्ने क्षमता प्रदान गर्छ । यसबाट पाइने फाइदा बारे जानौं–

चनामा प्रोटिन, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट र फाइबर जस्ता पोषक तत्व पाइन्छन्, जसले शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।

भुटेको चना खाँदा शरीरको कमजोरी टाढा भाग्छ । साथमा यसलाई नियमित खाँदा रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । शरीरको इम्यूनिटी बढछ ।

भुटेको चना खाँदा पेटसँग जोडिएका समस्या कम हुन्छन् । यसमा हुने तत्वले कब्जियत, अपच र ग्यासको समस्या पनि कम गर्छ ।

बिहान नास्तामा भुटेको जना खाँदा रगत सफा हुन्छ । यसमा हुने पोषक तत्वले रगतलाई छान्ने काम गर्छ । साथमा यसलाई खाँदा शरीरको फोहोर पनि बाहिर निस्कन्छ ।

भुटेको चना तौल कम गर्न खोजिरहेका व्यक्तिका लागि पनि एकदमै राम्रो आहार हो । नास्तामा अन्य तारेको चिल्लो चिजको साटो भुटेको चना सेवन गर्न सकिन्छ ।

भुटेको चना नियमित खानु पुरूषका लागि पनि फाइदाजनक हुन्छ । यसले स्पर्म काउन्टलाई बढाउन सहयोग गर्छ । साथमा यसले स्पर्मको गुणस्तर पनि वृद्धि गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved