काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन् ।
सहकारीलाई माध्याम बनाएर ठगेर खानेहरूले ठूला केही सहकारी बदनाम र संकटग्रस्त हुन गएको ओलीको तर्क थियो । उनले सहकारी संस्थाहरू बदनाम र संकटग्रस्त नभएको जिकिर समेत गरे ।
पार्टी निकट जन वर्गीय संगठन संयन्त्रद्वारा काठमाडौंमा सुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै अध्यक्ष ओलीले सहकारीहरू नियममा बसेर अघि बढने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत बताए ।
उनले सहकारीको माध्यामबाट भएपनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए ।
महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।
Facebook Comment
Comment