अब मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले नै सडकमा नियम सिकाउने

नेपालभ्युज

अब मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले नै सडकमा नियम सिकाउने
फाइल तस्वीर

काठमाडौं । सुन्दा अचम्म लाग्ला, अब मादक पदार्थ सेवनलगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले नै स्वयम् सडकमा खटिएर अरूलाई सडकमा नियम सिकाउने भएका छन् । आफैँले नजानेर वा लापरबाही पूर्वक नियम उलंघन गर्नेहरूले सडकमा सवारी चलाउनेलाई सिकाउनेछन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीको सुविधाको लागि भन्दै यस्तो घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्युटी नखटाउने पनि उनले लेखेका छन् ।

उनीहरूको ठाउँमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेले बताएका छन् ।

महिनावारीका बेलामा महिला ट्राफिकलाई बिदा दिने नियम ठीक भए पनि मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा खटाउने विषयलाई भने व्यवहारिक नहुने कतिपयको आँकलन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved