एक यूरो किन्न कति रुपैयाँ पर्छ ? 

नेपालभ्युज

एक यूरो किन्न कति रुपैयाँ पर्छ ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको मूल्य केही बढेको छ ।

एक यूरो खरिद गर्नका लागि १४४ रुपैयाँ १३ पैसा पर्छ भने बिक्री १४४ रुपैयाँ ७९ रुपैयाँमा भइरहेको छ । अमेरिकी डलर सोमबारको तुलनामा स्थिर नै देखिन्छ । जसको खरिद दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved