काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको गाजियाबादको मुरादनगरमा रहेको धार्मिक स्थलमा महिलाको चेन्जिङ रूममाथि सीसीटीभी क्यामेरा राखेको विषयमा विवाद भएपछि प्रहरीले स्वघोषित महन्त मुकेश गोस्वामीविरूद्ध मुद्दा दर्ता गरेको छ ।
प्रहरीले सीसीटीभीको डीभीआर बरामद गरेको छ, जसमा महिलाको गोपनीयता हनन गर्ने धेरै भिडियोहरू भेटिएका छन् ।
एसीपी नरेश कुमारले बीबीसीलाई भने, ‘अभियुक्त महन्त मुकेश गोस्वामी फरार छन् र उनको खोजी भइरहेको छ। पीडित महिलाको बयान लिइएको छ ।’
एसीपी कुमारका अनुसार प्रहरीले सीसीटीभीको डिभीआर बरामद गरेको छ, त्यसमा धेरै महिलाको आपत्तिजनक भिडियो भेटिएको छ ।
महिलाको चेन्जिङ रूममा फोकस गरी क्यामरा लगाइएको थियो, जसमा महिलाको गोपनियता हनन गरेको प्रहरीको भनाइ छ ।
मन्दिर परिसरमा महिलाको गोपनियता हनन गरेको घटना बाहिर आएपछि सिँचाइ विभागले पनि अतिक्रमण हटाउन कारबाही सिफारिस गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार एक महिलाले महन्त मुकेश गोस्वामीलाई चेन्जिङ रूमको माथि राखिएको सीसीटीभीबारे जानकारी गराएपछि महन्तले महिलालाई गाली गरेका थिए ।
पीडित महिलाले पिसिआर कल गरेर प्रहरीलाई बोलाएकी थिइन् ।
तर, सो क्रममा गोस्वामी मन्दिर परिसरबाट फरार भएका थिए ।
Facebook Comment
Comment