मोदीको बायोपिकमा खेल्न लागेका हुन् कटप्पाले ?

नेपालभ्युज

मोदीको बायोपिकमा खेल्न लागेका हुन् कटप्पाले ?

काठमाडौं । चर्चित बलिउड फिल्म बाहुबली रिलिज भएपछि दक्षिण भारतीय अभिनेता सत्यराजको चर्चा निकै चुलियो ।

फिल्म हेर्ने हरेकको मनमा एउटा जिज्ञासा थियो, ‘कटप्पा ने बाहुबलीको क्यों मारा ?’ , कटप्पाको आइकोनिक रोलमा रहेका सत्यराज चर्चित भए ।

पछिल्लो समय कटप्पा पुनः चर्चा हुन थालेको छ ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा मोदीको भूमिका निर्वाह गर्न लागेको हल्ला चलिरहेको छ ।

हालै एक अन्तरवार्तामा सत्यराजले यसबारे कुराकानी पनि गरेका थिए । तमिल वेबसाइटसँगको कुराकानीमा उनले मोदी बन्न लागेको खबरहरूमा जवाफ दिएका थिए ।

सत्यराजले यो अफवाहप्रति हैरानी व्यक्त गरेका छन् । ‘मोदीको बायोपिकमा खेल्ने कुरा त मेरै लागि पनि समाचार हो । मोदीको भूमिका निर्वाह गर्न मलाई कसैले पनि अप्रोच गरेका छैनन् । मानिसहरू सामाजिक सञ्जालमा भए नभएको समाचार फैलाइरहन्छन्’ उनले भने ।

कामको कुरा गर्ने हो भने सत्यराज यतिबेला ‘वेपन’ को रिलिज कुरिरहेका छन् ।

यस फिल्ममा उनले सुपरह्युमनको भूमिका निभाएका छन् । यो फिल्ममा सत्यराजको साथमा राजीव मेनन र वसन्त रवि पनि देखिदैँछन् । फिल्म मे २३ मा हलमा रिलिज हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved