टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँः आरजु राणा

नेपालभ्युज

टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँः आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छन् । मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन् ।   उनले आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताईन् ।

उनले पत्रकारहरुलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न आग्रह समेत गरिन् । सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने बताईन् । उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानविन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताईन् ।

उनले भनिन्,  ‘टिकापुरको जमिन तपाईहरु आफै गएर हेर्न जानुस् । ५० हजार रुपैयाँमा किनेको हो । त्यो सबै रिपोर्ट पनि गरिसकेको छ । मैले किनेको ०५३ सालमा हो । यो घोटाला भएको चाहीँ २०६८ सालपछि हो । त्यो कुराहरु पनि तपाईहरु गएर हेर्नुहोस् । तपाईहरु सबै खोज पत्रकारिता गरिरहनु भएको छ । तपाईहरुलाई गएर हेरिदिनुस् भन्छु ।’

उनले नेपाली कांग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved