राष्ट्रिय सभा बैठक स्थगित

नेपालभ्युज

राष्ट्रिय सभा बैठक स्थगित
फाइल तस्वीर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

कांग्रेसको विरोधपछि बैठक मंगलबार सवा १ बजेसम्मका लागि स्थगित भएको छ ।

सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरूद्ध हुँदा काम कारबाहीह अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरूमाथि औंला ठड्याउने काम भइरहेको बताए ।

राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन उनले आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved