बढ्यो यूरो र दिनारको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

बढ्यो यूरो र दिनारको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो र दिनारको मूल्य बढेको छ भने पाउण्डको विनिमय दर स्थिर रहेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved