म्यानचेस्टर सिटीको कीर्तिमानी जित, लगातार चौथो पटक उपाधि

नेपालभ्युज

म्यानचेस्टर सिटीको कीर्तिमानी जित, लगातार चौथो पटक उपाधि

काठमाडौं । इङलिस प्रिमियर लिगको उपाधि म्यानचेस्टरले सिटीले जितेको छ । उपाधि माथिको कब्जा सिटीको लगातार चौथो पटक हो । गएराति वेस्टह्याम माथि ३–१ को जितसँगै सिटीले उपाधि कब्जा गरेको हो ।

इङलिस फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो ।

यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक उपाधि उचालेका थिए ।

गएराति नै भएको खेलमा आर्सनलले एभर्टनविरुद्ध २–१ को जित हासिल गरे पनि उपाधिका लागि पर्याप्त हुन सकेन ।

उपाधि विजेता सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अंक ल्याएको थियो । आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अंकमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । लिभरपुल तेस्रो र एस्टनभिल्ला चौथो भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved