बैंकिङ्ग कसुर मुद्दामा एकजना पक्राउ

नेपालभ्युज

बैंकिङ्ग कसुर मुद्दामा एकजना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । बैकिङ्ग कसुर मुद्दामा प्रहरीले काठमाडौँको बूढानिलकण्ठबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय सिता बोम्जन तामाङ छिन् ।

अनमोल अधिकारीको जाहेरीले उनीविरुद्ध भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

दोलखाको बैतेश्वर गाउँपालिका–१ घर भएकी उनी वैशाख ७ मा अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved