मुम्बईको होर्डिङ बोर्ड दुर्घटनामा कार्तिकका मामा-माइजुको मृत्यु

नेपालभ्युज

मुम्बईको होर्डिङ बोर्ड दुर्घटनामा कार्तिकका मामा-माइजुको मृत्यु

एजेन्सी । बलिउड अभिनेता कार्तिक आर्यनको परिवारमा दुःखद् घटना घटेको छ । कार्तिक आर्यनका मामामाइजुको मुम्बईको घाटकोपर होर्डिङ बोर्ड दुर्घटनामा निधन भएको छ ।

यो घटना घटेको तीन दिनपछि मात्र कार्तिक आर्यनका मामा माइजुको शव पहिचान भएको छ ।  मुम्बईमा तीव्र हावाहुरीले १३ मेका दिन एउटा होर्डिङ बोर्ड पेट्रोल पम्पमा खस्दा १६ जनाको ज्यान गएको थियो ।

जहाँ ७० भन्दा धेरै व्यक्ति घाइते भएका थिए । यस घटनामा ज्यान गुमाउने कार्तिक आर्यनका मामा मनोज चनसोरिया र माइजु अनीता समेत छन् ।

खबरअनुसार मनोज र अनीता जबलपुरबाट मुम्बईमा भिजाका लागि आएका थिए । उनीहरु अमेरिकामा रहेका छोरा यशलाई भेट्न जाँदै थिए । मुम्बईबाट जबलपुर फर्कने क्रममा कारमा तेल राख्न उनीहरु पेट्रोल पम्पमा रोकिएका थिए । त्यहीबेला घटना भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved