प्रहरी जवानको हत्या गरेको अभियोगमा ६ जना पक्राउ, लागु औषध प्रयोगकर्तासँग थियो संगत

नेपालभ्युज

प्रहरी जवानको हत्या गरेको अभियोगमा ६ जना पक्राउ, लागु औषध प्रयोगकर्तासँग थियो संगत

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित एक निर्माणाधिन घरमा फेला परेको थियो ।
खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत् रहँदा हाल पक्राउ परेका एक जनासँग चिनजानमा रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । घिमिरेले समेत लागूऔषध गाँजा सेवन गर्ने गरेको पक्राउ परेका एक जनाले दाबी गरेका छन् ।

घिमिरेको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । पोष्टमार्टमको प्रतिवेदन आइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved