रविको निर्देशनमा डीआईजी बढुवा गोलमाल

२०५१ र २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका ब्याचबाट भने बढुवामा कोही पनि परेनन् । यो बढुवामा २०५३ सालमा इन्स्पेक्टरमा भर्ना भएकाहरू छुटेकाका छन् । उनीहरू भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धाबाट अहिले नै बाहिरिएका छन् ।

नेपालभ्युज

रविको निर्देशनमा डीआईजी बढुवा गोलमाल

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि गोलमाल तरिकाले सिफारिस भएका छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बढुवा सिफारिस समितिले दुई ब्याच उछिनेर डीआईजी बढुवा गरेको हो । यसपटक तीन फरक–फरक मितिमा एसएसपीमा बढुवा भएका चार ब्याचीहरूलाई डीआईजी बढुवा सिफारिस गरिएको छ ।

२०५२ र २०५३ को टोलीलाई समेत उछिन्दै २०५४ को टोली बढुवा हुन सफल भएका हुन् । २०५१ र २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका ब्याचबाट भने बढुवामा कोही पनि परेनन् । यो बढुवामा २०५३ सालमा इन्स्पेक्टरमा भर्ना भएकाहरू छुटेकाका छन् ।

उनीहरू भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धाबाट अहिले नै बाहिरिएका छन् ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल सिफारिस भएका छन् । दोस्रो नम्बरमा प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की सिफारिस भएका छन् ।

तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयमा कार्यरत डा मनोज केसी सिफारिस भएका छन् ।

चौथो नम्बरमा प्रधान कार्यालयकै तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारी बढुवा सिफारिस भएका छन् ।

जसमा २०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका चार ब्याचका ३० भन्दा बढी एसएसपीहरू प्रतिस्पर्धामा थिए । जसमा २०५२ मा इन्स्पेक्टर भएका शर्मा, २०५४ को टोलीका कार्की, केसी र अधिकारी बढुवाका लागि सिफारिसमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved