पाँच सय रुपैयाँ कमाउने व्यक्ति, कसरी बन्यो टिभीको भन्साली ?

नेपालभ्युज

पाँच सय रुपैयाँ कमाउने व्यक्ति, कसरी बन्यो टिभीको भन्साली ?

एजेन्सी । भारतीय टेलिभिजनको भन्साली भनेर धेरैले टेलिभिजन निर्देशक राजन शाहीलाई बोलाउने गर्छन् । जसरी संजय लीला भन्सालीको बलिउडमा नाम छ, त्यसरी नै राजनको टेलिभिजनमा उत्तिकै बोलवाला छ ।

राजनले सह-निर्देशकको रूपमा आफ्नो करिअर सुरुवात गरेका थिए । पहिलो जागिर उनले चर्चित निर्देशक लेख टन्डनसँग प्राप्त गरेका थिए । जहाँ उनले सुटिङका क्रममा जम्मा हुने भीड नियन्त्रण गर्ने काम गर्ने गर्थे ।

त्यस्तै, कयौं विज्ञापनमा भीडको हिस्सा समेत बने जसका लागि उनले पाँच सय रूपैयाँ पाउँथे । सन् १९९९ मा राजन शाहीले निर्देशकको रूपमा डेब्यू गरेका थिए । उनको पहिलो सिरियल “दिल हे कि मानता नहीँ” थियो ।

यसरी टेलिभिजनको निर्देशन क्षेत्रमा प्रवेश गरेका उनले अहिले “ये रिश्ता क्या कहलाता है”, “अनुपमा”, जस्ता चर्चित सीरियल्स निर्देशन गरिसकेका छन् । जसले गर्दा उनलाई टेलिभिजनका भन्सालीको रूपमा पनि चिन्न थालिएको छ । अहिले उनी करोडौंका मालिक छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved