अण्डाको मूल्य बढ्यो

नेपालभ्युज

अण्डाको मूल्य बढ्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।

बैठकले  चितवनलाई आधारमानी समर्थन बिक्री मूल्य निर्धारण गरेको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।

बढेको मूल्य अनुसार एक्सएल साइजको अण्डाको प्रतिकेट ४८० रुपैयाँ तोकिएको छ भने ठुलो साइजको ४६५ र मिडियम साइजको ४५० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि मिडियमको ३५०, ठुलोको ३९५ र एक्सएलको ४१० रुपैयाँ कायम थियो ।

संघले यसअघि वैशाख २३ गते पनि अण्डाको मूल्य बढाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved