कांग्रेसले भन्यो- पहिला समिति बनाएर रविको छानबिन गरौँ, अरू नेताको पछि गरौँला !

नेता महतले संसद बाहिर भने, ‘‘सबै नेतामाथि छानबिन हुनुपर्छ भन्ने कुरा रवि लामिछानेको मुद्दा डाइभर्ट गर्न खोजिएको हो । अरू नेतामाथि छानबिन गर्न राज्यका अरू निकाय छन् । अख्तियार छन् । सबै निकाय छन् । अरू नेताको छानबिन अरू निकायले गरिहाल्छन् ।’’

नेपालभ्युज

कांग्रेसले भन्यो- पहिला समिति बनाएर रविको छानबिन गरौँ, अरू नेताको पछि गरौँला !
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रवि लामिछानेविरुद्धको मुद्दालाई डाइभर्ट गर्न सबै नेतामाथि छानबिन गर्नुपर्ने माग उठेको आरोप लगाएको छ ।

सहकारी छानबिन समितिको क्षेत्राधिकारको विषयमा सहमति जुट्न नसकिरहेको अवस्थामा काग्रेस प्रवक्ता प्रकाशशरण महतले अरू नेतामाथि तत्काल छानबिन गर्न समितिको आवश्यक नभएको बताए ।

सहमति नभएपछि बिहीबारको संसद् बैठक पनि कांग्रेसले संसद् अवरोध गरेको थियो । गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिइएपनि कांग्रेसले अवरोध गरेको थियो । आफ्ना सभापतिले बोल्न नपाएको भन्दै रास्वपाका सांसदले सबै नेताहरूमाथि छानबिन गर्न माग गरेको थियो ।

त्यो भनाइको जवाफ दिँदै शुक्रबार नेता महतले संसद बाहिर भने, ‘‘सबै नेतामाथि छानबिन हुनुपर्छ भन्ने कुरा रवि लामिछानेको मुद्दा डाइभर्ट गर्न खोजिएको हो । अरू नेतामाथि छानबिन गर्न राज्यका अरू निकाय छन् । अख्तियार छन् । सबै निकाय छन् । अरू नेताको छानबिन अरू निकायले गरिहाल्छन् ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved