छलफलमा जुटे प्रचण्ड, ओली र लामिछाने

नेपालभ्युज

छलफलमा जुटे प्रचण्ड, ओली र लामिछाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।

सिंहदरबारमा जारी बैठकमा तीन नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम, संसद् बैठक व्यवस्थित ढंगले चलाउनेलगायतका बारेमा छलफल भइरहेको बताइएको छ ।

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । तर, अझैसम्म सुरु हुन सकेको छैन ।

यता, शुक्रबार बिहान बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सहकारी ठगी छानबिनमा संसदीय समिति गठन हुनुपर्ने आफ्नो मुद्दा नछोड्ने निर्णय गरेको छ ।

साथै, कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर प्रश्न उठाएको छ । उनलाई तटस्थता र निष्पक्षता अपनाउन आग्रह पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved