कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक : अर्जुननरसिंह केसी

नेपालभ्युज

कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक : अर्जुननरसिंह केसी
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अहिलेको राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यक भएको उनको भनाई छ ।

केसीले संसदीय व्यवस्था समावेशी व्यवस्था रहेको र सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था भएपनि स्थायित्व र स्थिरताका निम्ति सफल हुन नसकेको बताए ।

साथै, उनले कांग्रेसले सबै राजनीतिक दलहरूसँग समन्वय गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

समानुपातिक निर्वाचन प्रणाली अस्थिरतामा आधारित प्रणाली रहेको भन्दै अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक तत्वहरूलाई खोलेर एउटा नयाँ बाटो दिनुपर्ने आवश्यकता रहेको केसीको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved